बिरेन्द्र चौक तोडफोड

असल शासन प्रतिनिधि

सुर्खेत/सुर्खेतको बिरेन्द्रनगरमा रहेको बिरेन्द्र चौक तोडफोड गरिएको छ ।

शुक्रवार राती उक्त चौक तोडफोड गरिएको हो । तोडफोड कसले किन गरेको हो भन्ने कुरा खुलेको छैन ।

जानकारी अनुसार, राती उक्त चौकमा रहेका सबै गमलाहरु यत्रतत्रहरु फालिनुका साथै शालिकको पछाडीको भाग तोडफोड गरिएको छ । एक मानसिक असन्तुलन भएकि महिलाले सो कार्य गरेको बताईपनि तोडफोडको प्रकृति हेर्दा नियोजित रुपमा तोडफोड गरिएको देखिन्छ ।

पौष १४ गते पूर्ब राजा बिरेन्द्रको जन्म जयन्ति मनाएको तीन दिन नबित्दै भएको उक्त कार्यको राजावादीहरुले भत्र्सना गरेका छन् । जनआन्दोलनमा तोडफोड गरिएको उक्त शालिक केही समय अघि स्थानीयहरुले पुनः राखेका थिए । राजा बिरेन्द्रकै नाममा ठाउँको नाम बिरेन्द्र नगर राखिएको हो ।

  • १६ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech