नेपाली टोपी दिवस आज देशभर मनाईदै

बास नेपाल देशभरका शाखा मार्फत दिवस मनाउदै

हेम राज भट्ट

नेपालगन्ज / १०औँ नेपाली टोपी दिवस जनवरी १ अर्थात आज देशभरी भब्यताका साथ मनाईदै छ ।
अग्रेजी नयाँ बर्षको पहिलो दिन अर्थात जनवरी १ मा मनाउने नेपाली टोपी दिवसको ‘नेपाली टोपीः नेपाली पहिचान’  नाराका साथ मनाउन लागिएको हो । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले देशभरका शाखा मार्फत नेपाली टोपी दिवस मनाउन थालेको छ ।
विगतका बर्षहरु देखि नै नेपाली टोपी दिवस मनाउदै आएको बासले लुम्बिनी प्रदेश अन्तरगत बाँकेको नेपालगन्ज, बुटबल, कर्णाली प्रदेशको सुर्खेत, कालिकोट, मुगु, सुदुरपश्चिम प्रदेशको कैलाली, कन्चनपुर, डडेल्धुरा, डोटी, बैतडी लगायत देशका अन्य प्रदेशहरुमा समेत भब्यताका साथ मनाउन थालिएको बास नेपालले जनाएको छ । बासले आफ्ना सबै ७७ ओटै जिल्ला शाखालाई नेपाली टोपि दिवस मनाउन सार्वजनिक अपिल गरिसकेको जनाएको छ । नेपाली टोपीको महत्व विश्व सामु पुर्याउन र सरकारले नै नेपाली टोपी दिवसलाई क्यालेन्डरमा राखेर मनाउने वातावरणको सिर्जना गर्न लागि परेको बास नेपालले जनाएको छ । यसैगरी आम नेपाली नागरिकहरुले नेपाली टोपी दिवसको अवसरमा नेपाली टोपि सहितको फोटो सामाजिक सञ्जालमा पोष्ट गरि मनाउन समेत बासले सबैमा अपिल गरेको छ ।
नेपालमा सन् २०१४ देखि औपचारीक रुपमा मनाउन थालिएको नेपाली टोपि दिवस को मूल उद्देश्य नेपाली/गोर्खाली हुनुमा गर्व गरौँ, नेपालीपनलाई संरक्षण, प्रर्वद्धन र विस्तार गरौँ भन्ने रहेको छ ।
अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको ईतिहास
सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस“ र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको पाईन्छ । त्यस पश्चात सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो ।
यसरी २०१४ देखि औपचारीक रुपमा नेपाली टोपि दिवस मनाउदै आएको भएपनि २०१८ देखि मात्रै नागरिकस्तरबाट यसले व्यापकता पाएको देखिन्छ । १ जनवरी, २०१८ मा नेपाल पर्यटन बोर्डले दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागिता जनाएको थियो भने उक्त अवसरमा तात्कालिक प्रधानमन्त्री शेरबहादुर देउवालाई टोपी उपाहार प्रदान गरिएको थियो । त्यसपछि हरेक बर्ष नेपाली टोपि दिवसमा सरकारी अधिकारीहरुको समेत उपस्थिती रहदै आएको छ यद्धपी यसलाई सरकारले क्यालेन्डरमा भने समाबेश गरिसकेको छैन् ।

  • १७ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech