नेपाली पोसाकलाई संरक्षण गर्ने प्रतिबद्धता

असल शासन प्रतिनिधि

डोटी/ नेपाली पोसाकको संरक्षण एवम् नियमित प्रयोगबारे सरोकारवाला निकायले प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय टोपी दिवसको अवसर पारेर बास नेपाल डोटी शाखाले आयोजना गरेको टोपी हस्तान्तरण कार्यक्रममा उक्त प्रतिबद्धता जनाइएको हो ।

शाखाले आफ्नो मौलिक पोसाकलाई संरक्षण र प्रयोगमा निरन्तरता दिन दबाब सृजना होस् भन्ने हेतुले डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्का, जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण सिंहलाई टोपी हस्तान्तरण गरेको छ ।टोपी हस्तान्तरण कार्यक्रममा  नेपाली पोशाकको संरक्षण र नियमित प्रयोगबारे छलफल गरिएको थियो ।

कार्यक्रममा बास नेपाललका ४०  बढी युवाहरुको सहभागिता रहेको थियो ।

  • १७ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech