बाँसगढीमा बिष्णु

माधव कार्की

बर्दिया/ भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था बास नेपालले बाँसगढी नगरपालिका ७ राधाकृष्ण टोलमा बास नेपालको इकाई कमिटी पुनर्गठन गरेको छ । शनिबार बृहत् रुपमा आयोजना गरिएको भेलाले इकाई समिति पुनर्गठन गरी अध्यक्षमा बिष्णु देवी रानालाई चयन गरेको छ ।

२०६१ सालमा तत्कालीन डेढाकला गाविसमा गठन भएको बास नेपालको डेउढाकला उपशाखालाई हाल पालिका स्तरीय वार्ड इकाई कमिटीमा पुनर्गठन गरिएको हो । पुनर्गगठित इकाई समितिमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः चरित्रा रेग्मी, बिपना राना, देवी राना र जयकला कुमाई क्षेत्री रहेका छन् । त्यस्तै सदस्यमा बसन्त रेग्मी, सन्तोष अर्याल, शारदा भट्टराई, मिरा खत्री, राधा कार्की, पुष्पा बुढा, गीता बिक सरिता बिसी र देविसा क्षेत्री रहेका छन् भने थप एकजना सदस्यलाई कमिटीको अर्को बैठकबाट मनोनित गर्ने निर्णय गरेको छ ।

कमिटी पुनर्गठन पश्चात् कमिटीका अध्यक्ष रानाले अब भ्रष्टाचारविरुद आफ्नो समिति लागिपर्ने र पुरानो उपशाखाले गरेका कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताइन् ।

राधा कृष्ण टोलका अग्रज समाज सेवी तथा अभिभावक बिष्णु कुमार रावतको अध्यक्षतामा सम्पन्न इकाई पुनर्गठन कार्यक्रममा समाजका अग्रज शिवलाल कार्की, हरि प्रसाद भट्टराई, बुद्धिबहादुर कार्की, केदार थापा, पेमा तिवारी, प्रेम केसी, इन्दिरा शाहलगायतको सहभागिता रहेको भेलालाई बास नेपालका जनसम्पर्क अधिकृत माधव कुमार कार्कीले संचालन गरेका थिए ।

  • १७ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech