सुल्तान बाबा दरगाह कुट्टी उद्घाटन

असल शासन प्रतिनिधि

नरैनापुर/ लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमुना र नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहम शाहले नरैनापुर ६ जमुनीमा स्थापना गरिएको शाह सुल्तान बाबा दरगाह कुट्टीको उद्घाटन गरेका छन् । कुट्टीको उद्घाटन गर्र्दै प्रदेश सभा सदस्य नमुनाले नरैनापुरलाई सम्बृद्ध बनाउन चाहिने भौतिक पूर्वाधार निर्माणमा पहल गर्ने प्रतिबद्धता गर्दै कुट्टीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि प्रदेश र संघीय सरकारबाट बजेटको व्यवस्था गरिने बताइन् ।

यस्तै नरैनापुर गाउँपालिका अध्यक्ष शाहले प्रशस्त पर्यटकीय सम्भावना बोकेको धार्मिकस्थल नरैनापुरमा रहेको भन्दै संघ प्रदेश र स्थानीय सरकार मिलेर पर्यटन तथा संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए । सबै तह मिलेर विकास गर्दा सबैको स्वामित्व हुने शाहको भनाइ थियो ।
अध्यक्ष शाहले कुट्टीलाई गरिब असहायको सहाराको केन्द्रको रुपमा स्थापित गरी अगाडि बढ्न आग्रह गर्दै उक्त कुट्टीलाई पालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले कुट्टीको संरक्षण र आवश्यक सुरक्षाका लागि बाँके प्रहरी प्रतिबद्ध रहेको बताउँदै धार्मिक महत्व बोकेको कुट्टी समाजमा रहेको विभेदलाई अन्त्य गर्नमा भूमिका निर्वाह गर्ने जिकिर गरे ।

हाजी बरकत अलिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमुना, विशिष्ट अतिथि नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, बाँके प्रहरी प्रमुख सन्तोष सिंह राठौर, भागवानपुरका प्रहरी निरीक्षक वीरबहादुर सुनार, गुफरान अलि शाहलगायतको सहभागिता रहेको थियो ।

  • १७ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech