नेपालगन्जमा खुँडा प्रहार

असल शासन प्रतिनिधि

नेपालगन्जमा खुँडा प्रहार

नेपालगन्ज/ नेपालगन्जस्थित गणेशपुरमा खुँडा र खुकुरी प्रहार भएको छ । उक्त प्रहारबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी अनुराग शाह, सोही ठाउँका उज्ज्वल शाह र वडा नम्बर ४ का सुगम शाह रहेका छन् ।

नेपालगन्ज ४ गणेशपुरस्थित आफन्तको घरमा पुगेका बेला अज्ञात समूहले आइतबार दिउँसो १ बजेतिर आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए । घाइते तीनैजनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

आक्रमणकारी ६ जना रहेको र भारतीय नम्बर प्लेटको गाडी छाडेर भागेको प्रहरीले जनाएको छ ।

  • १७ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech