खुकुरी प्रहारमा संलग्न सार्वजनिक

असल शासन प्रतिनिधि

नेपालगञ्ज/आईतबार नेपालगन्जमा खुकुरी प्रहार गर्ने समुहका चार जनालाई बाँके प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरमा आईतबार दिउसो दिन दहाडै खुकुरी प्रहार गर्ने समुहका चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

घट्नामा संलग्न भएको कार

प्रहरीले पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार नेपालगन्जका विनय भण्डारी, नारायण डाँगी, प्रकाश रसाईली, तासे भन्ने प्रकाश थापा समेतका व्यक्तीहरुले नेपालगंज उपमहानगरपालिका वडा नं १२ का अनुराग शाह, जानकी वडा नं ३ बस्ने उज्वल शाह र नेपालगञ्ज वडा नं ४ वस्ने सुभम जंग शाहलाई खुकुरी प्रहार गरी भागेका थिए । घटना पश्चात प्राप्त सुचनाको आधारमा प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरको कमान्डमा खटिएको प्रहरी टोलीले तत्काल घटनास्थलबाट घाइतेहरुलाई उपचारको लागि नेपालगंज शिक्षण अस्पताल पठाएको थियो भने घट्नामा संलग्नहरुको खोजी कार्यलाई तिब्रता दिएको थियो ।
बाँके प्रहरीले घट्ना भएको २४ घण्टा बित्न नपाउदै डुडुवा गाँउपालिका वडा नं ३ स्थित बनकट्टीबाट रामपुरुवा जाने कच्ची बाटोको दक्षिणतर्फ गहुँ लगाएको खेतमा घटनामा प्रयोग भएको ग्ए घद्द भ्ग् डटज्ञट खैरो रंगको कार फेला पारेको थियो भने घटनामा संलग्न नेपालगंज उपमहानगरपालिका वडा नं १८ वस्ने वर्ष २९ को विनय भण्डारी, वडा न. ६ वस्ने वर्ष ३१ को तासे भन्ने प्रकाश थापा, राप्तीसोनारी गाँउपालिका वडा नं २ वस्ने वर्ष ३१ को नारायण डाँगी र वैजनाथ गाँउपालिका वडा नं ५ वस्ने वर्ष २९ को प्रकाश रसाईली भन्ने तुल्सीराम सुनार लाई डुडुवा गाँउपालिका वडा नं २ दासपुरुवा भन्ने स्थान बाट नियन्त्रणमा लिएको जानकारी गराएको छ ।
सो घट्नामा प्रयोग गरिएका २ थान खुकुरी नेपालगंज उपमहानगरपालिका वडा नं ५ फुल्टेक्रा स्थित सडक बाटो नजिक बुट्यान झाँडीमा फेला पारेको प्रहरीले जानकारी गराएको छ । घट्नामा संलग्नहरुलाई नियत्रणमा लिएर घट्नाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech