केन्द्रीय सचिब शाहलाई मातृशोक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बास नेपालकी केन्द्रीय सचिब दिला शाहलाई मातृशोक परेको छ ।

पाठेघरको क्यान्सरबाट पीडित शाहकी ममतामयी मुवा देवा शाहको बुधवार दिउँसो निधन भएको हो ।

शाहको सल्यान मालनेटा स्थित निवासमा निधन भएको थियो । स्वस्थ रहनुभएकि शाहको केही महिना अघि मात्रै स्वास्थ्यमा समस्या देखिएको थियो ।

परिवारका अनुसार, शाहको पेट दु:ख्ने समस्या देखिएपछि नेपालगन्जमा उपचार गराउँदा पित्तमा स्टोन देखिएको थियो ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा स्टोनको शल्यक्रिया गराउन खोज्दा रक्तचापको सन्तुलन नमिल्दा शल्यक्रिया हुन सकेको थिएन ।

तत्पश्चात शाहलाई थप उपचारका लागि लखनउ लैँजादा पाठेघरमा क्यान्सर देखा परेको थियो । क्यान्सर अन्य अङ्गहरुमा फैलिसकेको र खतरामुक्त नरहेको चिकित्सकले बताए पछि वहाँलाई नेपालगन्ज फर्काईएको थियो ।

खजुरा क्यान्सर अस्पताल, काठमाडौमा समेत लगेर वहाँको उपचार प्रयास गरेपनि शाहमा क्यान्सरको अन्तिम चरण प्रबेश गरिसकेकाले थप उपचार सम्भव भएन । वहाँको नेपालगन्ज घरमै उपचार भइरहेको थियो । मंसिरको अन्तिम साता वहाँकै आग्रहमा वहाँलाई सल्यान लगिएको थियो ।

सल्यानमा रहनु भएकी वहाँको स्वास्थ्यमा बुधबार बिहान देखि जटिलता देखिएको थियो ।

शाहको बिहिवार स्थानीय नदिमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । शाहको पार्थिब शरीरमा छोराहरु, छोरी दिला शाहले दागवत्ति दिनु भएको थियो ।

दाह संस्कार पछि शाहले फेसबुकमा लेख्नु भएको छ – कुन शक्तिले हिम्मत दियो ? आफ्नै हातले हजुरको अन्त्यष्टी गर्दै छु ! अब कहाँ पाउँला हजुरलाई मुवा भनेर बोलाउन ? अब कहिले होला हाम्रो भेट ?? कहाँबाट देख्न पाउला हजुरको एक झलक ? अलबिदा मुवा हजुरको स्वर्गमा बास होस् ।

शाहको निधन प्रति बास नेपालले दु:ख व्यक्त गर्दै दिबङ्गत आत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारजन प्रति गहिरो समबेदना प्रकट गरेको छ । शोक प्रकट गर्दै पौष २६ गते सुर्खेतमा हुन गइरहेको पूर्णकालिन बैठक स्थगित गरिएको केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले वताउनु भयो ।

सचिव शाहले मंसिर १६ गते मुवाको सम्मानना आफ्नो गिति एल्बम स्पन्दन सार्बजनिक गरेकि थिईन् भने बुवा मान बहादुर शाह र माता देवा शाहको सम्मानमा २ लाख ५० हजारको मानदेवा परोपकारी अक्षय कोषको स्थापना बास नेपालमा गर्नुभएको थियो ।

२०७४ साल पौष २१ गते स्थापना गरिएको सो अक्षय कोषको रकम समेत वृद्धि हुँदै गईरहेको छ । सो अक्षय कोषमा हाल ४ लाख बढि रकम रहेको छ । उक्त अक्षय कोषबाट आउने ब्याजबाट सचिव शाहको जन्मदिनमा मानबिय कार्य गरिदै आएको छ ।

शाह असल शासन मिडिया संचालक समिति सदस्य समेत हुनुहुन्छ ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech