प्रवीणसँग ‘जम्काभेट’

माधव कार्की

प्रवीण बिसी
परिवर्तन समूह (चेन्ज टिम) बाँके

तपाइँको नेतृत्वमा रहेको संस्थाले हाल के के कार्यक्रम संचालन गरिरहेको छ ?
चेन्ज टिमले २०६३ मंसिर २३ गते संचालन भएर हालसम्म कुलतमा फसेका व्यक्तिलाई सहयोग गर्दै आएको छ । लागू औषधविरुद्धका विभिन्न जनचेतनामूलक कार्यक्रमहरुका साथै एचआइभी एड्स संक्रमितका लागि पनि विभिन्न जनचेतनामूलक कार्य गर्दै आएको छ । कुलतमा फसेकालाई कुलतबाट बाहिर निकाल्न फेमिली काउन्सिलिङ, विभिन्न ट्रेनिङ, फोकस ग्रुपमा समस्याका बारेमा छलफल गर्ने र स्टेप होल्डरसँग समन्वय गरेर छलफल गर्ने, परिवर्तन समूह मार्फत् भेरी हस्पिटलमा एकजना काउन्सिलर राख्ने गरेका छौं, जिल्ला प्रहरी कार्यालयसँग मिलेर विभिन्न विद्यालयमा लागु औषध सम्बन्धी जानकारी र त्यसबाट पर्ने नकारात्मक असरका बारेमा अन्तक्र्रियाहरु गर्ने गरेका छौं । साथै २६ जुनमा ड्रग्स डे मनाउँछौं ।

यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायसँग रहेको छ ?
जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, उप–नगरपालिका, जिल्ला समन्वय समितिसँग र विषेश गरी पुनस्र्थापना केन्द्रहरुसँग सहकार्य गरेर काम गर्ने गरेको र अन्तर्राष्ट्रिय संस्थामा सेभ द चिल्ड्रेनसँग मिलेर काम गर्ने गरेका छौं ।

यहाँहरुले कसका लागि कहाँ कहाँ काम गर्नु हुन्छ ?
हाम्रो लक्षित वर्ग भनेको लागु पदार्थको कुलतमा फसेका व्यक्तिहरु नै हुन् । त्यसका लागि हामीहरुले स्थानीय स्तरमा काम गर्ने गरेका छौं भने हाल यस संस्थाले बाँके, बर्दिया र दाङमा काम गरिरहेको छ ।

हालसम्म गरिएका उल्लेखनीय कार्यहरु के के हुन् ?
लागु औषधमा फसेका व्यक्तिलाई भेरी अस्पतालमा हामीले स्वास्थ्य मन्त्रालय अन्तर्गतबाट निशुल्क औषधिहरु व्यवस्थापन गरिरहेका छौं । कुलतमा फसेका भाइ÷बहिनीहरु र पुनस्र्थापना केन्द्रमा राखेकाहरु सुधार भई यसै संस्थामा काम गरिरहेका छन् । कसैले पुनस्र्थापन केन्द्र स्थापना गरेर बसेका छन् भने कोही व्यापार व्यवसाय गरेर बसेका छन् । हालसम्म १७७५ जनालाई सफा इन्जेक्सन वितरण गरेका छौं । एथाडोन ५८ जनाले सेवन गरेका छ्न भने ब्यूरोनेफोरिन्ह औषधि १२ जनाले लगााइरहेको छन् । यो नै उल्लेखनीय कार्यहरु हुन् परिवर्तन समूहका ।

सामाजिक क्षेत्रमा कार्य गर्दा के के चुनौतीहरु सामना गर्नु परेको छ ?
चुनौती त धेरै छन् । हामीलाई काम गर्दा विशेष गरी समाजले सजिलै स्वीकार्दैन । कार्यक्रम लिएर समाजमा जाँदा पनि त्यहाँ सहजै काम गर्ने वातावरण हँुदैन । यिनीहरुले के नै पो गर्लान र भन्ने सोचाइ हुन्छ साथै स्थानीय पालिकाहरुले पनि राम्रोसँग साथ र सपोर्ट गरेको पाइँदैन ।

आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
एचआइभी एड्सलाई शून्यमा झार्ने योजना छ । लागू औषध प्रयोगकर्तालाई जिरो बनाउने योजना रहेको छ । त्यसका लागि समाजमा अझै सशक्त रुपमा विभिन्न किसिमका जागरुकताका कार्यक्रमहरु चलाउने छौं ।

अन्तिममा के भन्नु हुन्छ ?
असल शासन मन पर्ने मिडिया हो । यसलाई साप्ताहिकबाट माथि उठेर दैनिकीमै निकाल्न पाए झनै राम्रो हुने थियो । साथै यो नयाँ जम्काभेट स्तम्भ झनै राम्रो लागेको छ । अझै राम्रो गर्दै जाओस् ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech