बस दुर्घटनामा ६ को मृत्यु, १५ घाइते

असल शासन प्रतिनिधि

नेपालगन्ज/ यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको उक्त बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा खुर्सानेका ४५ वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री, ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया वीमा पाण्डेयको रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक श्रीराम भट्टका अनुसार बुधबार राति ग१ख ४९७७ नम्बरको बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १५ जना लाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech