पाठेघरको क्यान्सर परीक्षण

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ७६ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । लायन्सका संस्थापक मेल्बिन जोन्सको १४४ आंै जन्मोत्सवको अवसर पारेर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीमा रहेका महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको हो ।

साप्ताहिक कार्यक्रम अन्तर्गत लायन्स क्लब अझ नेपालगन्ज भेरीको आयोजनामा उक्त परीक्षणमा गरिएको लायन्स क्लब बाँकेका सल्लाकार उमा थापा मगरले जानकारी दिएकी छिन् ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि बाँके प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले ग्रामीण भेगका महिलाको स्वास्थ्यलाई मध्यनजर गरेर आयोजना गरिएको कार्यक्रम निकै स्रहानीय भएको बताइन् । कार्यक्रम आयोजकलाई धन्यवाद दिँदै प्रदेश सभा सदस्य केसीले जनचेतनाको अभाव र स्वास्थ्यमा देखिएका समस्यालाई लुकाएर राख्ने बाध्यताका कारणले गर्दा कतिपय महिलाको ज्यान जोखिममा परेको औँल्याइन् ।

कार्यक्रमका विशिष्ट अतिथि पूर्व गर्भनर लायन शेम शाक्यले महिलाहरुले आफूभित्रको समस्या लुकाएर राख्ने प्रवृत्तिका कारण समयमा उपचार नहुने र अनेकौ स्वास्थ्य समस्याको सामाना गर्नु परेको हुँदा यस्ता कार्यक्रमलाई अवसरको रुपमा लिनु पर्ने बताए ।
त्यस्तै वडा नम्बर २२ का वडाअध्यक्ष अब्दुल गफार हलवाईले क्लबले महिलाहरुको जटिल समस्यालाई सम्बोधन गर्दै वडामा कार्यक्रम आयोजना गरेकोमा अभार व्यक्त गरे । कार्यक्रममा अध्यक्ष मेल्बिन जोन्स डे सेलिव्रेसनका संयोजक लायन सावित्रा बस्नेतले वडाका सम्पूर्ण महिलाले पाठेघरको मुखको क्यान्सर परीक्षणमा सहभागी भई समयमा नै रोग पत्ता लगाएर उपचार गर्न हुन अनुरोध गरेकी छिन् ।

डा.फरहत बानो र डा.नम्रता भट्टाईले चेकजाँचको क्रममा कतिपय महिलाको पाठेघरमा ट्युमरको केस देखिएको हुँदा थप उपचारको लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा समेत रिफर गरिएको बताए ।

१०३ जनालाई कपडा वितरण
लायन्स क्लव अफ नेपालगन्ज पिएनएलफले मानव सेवा आश्रमका ५० जनालाई न्यानो लुगा स्वरुप ज्याकेट वितरण गरेको छ भने लायन्स क्लव अफ नेपालगन्ज, सिनर्जी, रोल्पा र न्युरोडले संयुक्त रुपमा बैजनाथ गाउँपालिका ७ पेडारीका १३ जना अपाङ्गता भएको बालबालिका र भवानी माध्यामिक बढैयाताल सिमरा ३ का ३५ जना बौद्धिक अपाङ्गता भएकालाई न्यानो लुगा वितरण गरेको छ । यसैगरी लायन्स क्लव अफ नेपालगन्ज वाटरपार्कले कारकाँदोमा रहेका सुस्त मनस्थिति भएको २५ जनालाई ट्रायक सुट वितरण गरेको छ ।

  • २३ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech