महासंघ बाँकेको १३ औं साधारण सभाः दुई दर्जन सम्मानित/पुरस्कृत

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेको १३ औं साधारण सभामा दुई दर्जन बढी सम्मानित तथा पुरस्कृत भएका छन् । सम्मानित हुनेमा डा.सुभाष योगी, बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली, बरिष्ठ पत्रकार प्रेम केसी, विवेक रेग्मी, सुविता थारु, यदुराज मिश्र, आलम खान, मिसन टुडे दैनिक, जी नेपाल टेलिभिजन, विनोद गौतम, रेजिना मल्ल, बेलमति शर्मा, नन्दलाल शाहु, प्रेम विश्वकर्मालाई, सूर्यनाथ गौतम, कृष्ण खनाल, कमल खत्री, बासुदेव श्रेष्ठ, गणेश जिसी, नरेन्द्रजंग पिटर, पूर्णलाल चुके, चन्द्रकला कुर्मी, डा.कौशलकुमार बर्मा, जीवन शर्मा, सुशीला गौतम, गोपाल बैरागी, माधवराम बर्मा, नेपाल नेत्रज्योति संघ बाँके फत्तेबाल आँखा अस्पताल रहेका छन् । सम्मानित हुने सबैले जनही पाँच हजारका दरले पुरस्कार पाएका छन् ।

कोभिड महामारीमा पत्रकारहरुलाई स्वास्थ्य सेवा एवम् परामर्श प्रदान गरेका छाती तथा फोक्सो रोग विशेषज्ञ डा.सुभाष योगीलाई सम्मान गरिएको हो भने बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली पत्रकारिता सम्मानबाट शाखाका पूर्व अध्यक्ष एवम् बरिष्ठ पत्रकार प्रेम केसी सम्मानित भएका हुन् ।

विवेक रेग्मी र सुविता थारुलाई क्रियाशील पत्रकारिता पुरस्कार, यदुराज मिश्र र आलम खानलाई राम आधार–रामप्यारी पत्रकारिता पुरस्कार, आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार मिसन टुडे दैनिक, स्वास्थ्य जी नेपाल टेलिभिजन र विनोद गौतमलाई प्रदान गरिएको छ । यस्तै रेजिना मल्ललाई रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार, बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार नन्दलाल शाहु र प्रेम विश्वकर्मालाई, सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार कृष्ण खनाललाई, यादव आचार्य र कमल खत्रीलाई माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सभाले अग्रज पत्रकारलाई पनि सम्मान गरेको छ । अग्रज पत्रकारहरु बासुदेव श्रेष्ठ, गणेश जिसी, नरेन्द्रजंग पिटर, पूर्णलाल चुकेलाई सम्मान गरिएको छ ।

सभामा विभिन्न पुरस्कार र अक्षयकोष स्थापना गरेका व्यक्तित्व र प्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो । आमाद्वय रामकली र चन्द्रकला कुर्मीको नाममा रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार स्थापना गरेका डा.कौशलकुमार बर्मा, आफ्नी आमा बेलमति शर्माको नाममा बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेका जीवन शर्मा, आफ्ना पति सूर्यनाथ गौतमको नाममा सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार स्थापना गरेकी सुशिला गौतम, आफ्नी श्रीमती माधवी शर्माको नाममा माधवी शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेका गोपाल बैरागी तथा आफ्ना बुवा राम आधार र आमा रामप्यारी बर्माको नाममा राम आधार–रामकली पत्रकारिता पुरस्कार स्थापना गरेका माधवराम बर्मालाई सम्मान गरिएको छ भने आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गर्ने नेपाल नेत्रज्योति संघ बाँके फत्तेबाल आँखा अस्पताललाई सम्मान गरिएको हो ।

 

  • २३ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech