प्रदेश सम्मेलनको जानकारीका लागि सुर्खेतमा पत्रकार सम्मेलन

असल शासन प्रतिनिधि

सुर्खेत । भ्रष्टाचार बिरुद्ध प्रथम कर्णाली प्रदेश स्तरीय युवा सम्मेलनको जानकारी दिने उद्धेश्यले सुर्खेतको बिरेन्द्रनगरमा पत्रकार सम्मेलन गरिएको छ ।
बास कर्णाली प्रदेश समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा पौष २५ गते हुने प्रदेश सम्मेलनको जानकारी गरिएको थियो ।

उनले दिएको जानकारी अनुसार सम्मेलनको प्रमुख अतिथिको रुपमा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री जीवन बहादुर शाही र विशिष्ट अतिथिको रुपमा नेपाल सरकारका पुर्व सचिव तथा राष्टिय सुचना आयोगका पुर्व प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटाको उपस्थिती रहनेछ । सम्मेलनलाई सफल पार्न कर्णाली प्रदेशका १० जिल्लाबाट ५०० भन्दा बढी युवाहरु सहभागि हुने कार्यक्रम रहेको उनले बताए । कर्णाली प्रदेश सरकार, स्थानीय तह, गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको सहकार्यमा सम्मेलन हुन लागेको जनाउदै सम्मेलनमा सबैको सहभागिताको अपेक्षा गरिएको उनले जनाए । सम्मेलनले भ्रष्टाचार विरुद्ध कर्णाली प्रदेश घोषणा पत्र २०७९ जारी गर्ने जनाएको छ । पत्रकार भेटघाटमा बासका निर्देशक हेमराज भट्टले बासले देश ब्यापी रुपमा गरिरहेको काम, युवा अभियान र कर्णाली प्रदेश सम्मेलनको उद्धेश्यका बिषयमा प्रकाश पारेका थिए ।


बास सुर्खेत शाखाका निर्वतमान अध्यक्ष जगत जनाला बिकले सहजिकरण गरेको पत्रकार सम्मेलनमा बासका पूर्ब सुर्खेत शाखा अध्यक्ष तथा नेपाल पत्रकार महासँघ कर्णाली प्रदेश सचिब दिपक बुढा, पत्रकार महासँघ सुर्खेतका सभापती ललीत बस्याल, सचिब ललीत बुढा लगायत एक दर्जन बढी पत्रकारहरुको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको अध्यक्षता बास कर्णाली प्रदेश संयोजक धिरेन्द्र कुमार शाहीले गरेका थिए ।

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech