दुई दिने कर्णाली प्रदेश स्तरीय तालिम शुरु

असल शासन प्रतिनिधि

सुर्खेत/कर्णाली प्रदेशका ७९ ओटै पालिकामा कार्यरत स्वयम् सेवकहरुकालागि दुई दिने क्षमता अभिबृद्धी तालिम सुर्खेतमा शुरु भएको छ ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत बाल संरक्षण तथा लैंगिक हिसा न्यूनीकरण कार्यक्रम अन्तरगत उक्त तालिम सञ्चालन भएको हो ।


तालिमको उद्घाटन सत्रमा बोल्दै युनिसेफ नेपाल फिल्ड कार्यालय नेपालगन्जमा प्रमुख तथा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि दिपक श्रेष्ठले समुदायमा महिला तथा बालवालिका माथि हुने हिंसाका घट्नाको जानकारी दिने र सम्बोधन गर्न स्वयम्सेवको भूमिका महत्वपूर्ण रहेको बताए । तालिममा प्राविधिकसँगै समुदाय तहमा काम गर्दा भोगेका, देखेका बिषयहरुमा खुलेर जानकारी आदान प्रदान गर्न उनले अनुरोध गरे । बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरणको बिषयमा सबै युवाहरुले आआफ्नो तहबाट आवाज उठाउदै गएमा समस्या न्यूनीकरण हुदै जाने उनको भनाई थियो । समुदाय तहमा सचेतना फैलाउन स्वयम्सेवकहरुको भूमिका महत्वपूर्ण हुने भन्दै सक्रिय भएर काम गर्न सहभागिहरुलाई अनुरोध गरे । व्यक्तिको अनुभव र बुझाइमा फरक पर्दा ब्यवहार समेत परिवर्तन हुने भएकाले बुझाईमा प्रष्टता जरुरी रहेको उनको भनाई थियो । कोबो टुलमा काम गर्न तालिमले थप सहजता ल्याउने भन्दै तालिमको सफलताको शुभकामना ब्यक्त गरे ।


यसैगरी कार्यक्रममा बोल्दै युनिसेफ नेपालका कुंगा सन्दुप लामाले स्वयम् सेवाहरुसँगको दुई दिने तालिमले समुदाय तहमा पहिचान भएका मुद्धा, रिपोटींग प्रक्रिया र समाधानको पहलका बिषयमा थप प्रष्टता ल्याउने बताए । उनले तालिममा काम गर्दाका अनुभवहरु आदान प्रदान गर्दै खुलेर तालिममा छलफल गर्न सहभागिहरुलाई अनुरोध गरे ।


बास कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीको अध्यक्षता तथा युनिसेफ नेपाल फिल्ड कार्यालय नेपालगन्जका प्रमुख दिपक श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बासका कार्यक्रम संयोजक हेमराज भट्टले युनिसेफ नेपालको सहयोगमा कर्णाली र सुदुरपश्चिम प्रदेशमा सञ्चालीत बाल संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरण कार्यक्रम अन्तरगत पालिका तहमा रहेका स्वयम् सेवकहरुले गरिरहेका कामहरु तथा तालिमको उद्धेश्यका बारेमा प्रष्ट पारेका थिए ।


बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको तालिमको उद्घाटनमा स्वागत बास सुर्खेत शाखाका अध्यक्ष भगवति बिसीले गरेका थिए । दुई दिन सम्म सञ्चालन हुने तालिममा युनिसेफ नेपालका कुंगा सन्दुप लामा, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका महिला विकास अधिकृत अनिता ज्ञवाली र राष्टिय बाल अधिकार परिषदका डम्बर बहादुर रोकायाले सहजिकरण गर्नुहुनेछ ।

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech