भ्रष्टाचार विरुद्ध प्रथम कर्णाली युवा सम्मेलन शुरु

असल शासन प्रतिनिधि

सुर्खेत । भ्रष्टाचार बिरुद्ध प्रथम कर्णाली प्रदेश स्तरीय युवा सम्मेलन शुरु भएको छ ।
बास नेपाल कर्णाली प्रदेश समितिको आयोजनामा सम्मेलन शुरु भएको हो ।

सम्मेलनको प्रमुख अतिथिको रुपमा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री जीवन बहादुर शाही, बिशिष्ठ अतिथीको रुपमा सामाजिक बिकास मन्त्री यज्ञ बहादुर बुढा, नेपाल सरकारका पुर्व सचिव तथा राष्टिय सुचना आयोगका पुर्व प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटा सहभागि हुनु भएको छ ।

कार्यक्रममा ५०० भन्दा बढी युवाहरुको सहभागिता रहेको छ । सम्मेलनले भ्रष्टाचार विरुद्ध कर्णाली प्रदेश घोषणा पत्र २०७९ जारी गरिने छ । बास कर्णाली प्रदेश संयोजक धिरेन्द्र कुमार शाहीको अध्यक्षतामा सम्मेलन शुरु भएको छ ।

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech