बासको कर्णाली प्रदेशमा नयाँ नेतृत्व

असल शासन प्रतिनिधि

सुर्खेत/बास नेपालको प्रथम कर्णाली प्रदेश अधिबेशन सम्पन्न भएको छ ।

सुर्खेतको बिरेन्द्रनगरमा पौष २५ गते अधिबेशन सम्पन्न भएको हो ।

बास नेपाल कर्णाली प्रदेश समितिका संयोजक धिरेन्द्र शाहीको अध्यक्षता, केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा स्वागत मन्तव्य सुर्खेत शाखा अध्यक्ष भगवती बि.सी.ले गरेकि थिईन् ।

१० वटै जिल्लामा रहेका बास नेपालका जिल्ला शाखा प्रतिनिधिहरुको सहभागिता रहेको अधिबेशनमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रीय सदस्य सुरेन्द्र शाही, लुम्विनी प्रदेश संयोजक खेम बिष्ट, निबर्तमान अध्यक्ष रमेश सिटौला, केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले मन्तव्य व्यक्त गरेका थिए ।

सुर्खेत शाखाका निबर्तमान अध्यक्ष जगत जनाला बि.क.ले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको पहिलो शत्र उद्घाटन शत्रलाई कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले समापन गरेका थिए । कार्यक्रममा बास नेपालका केन्द्रीय पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

अधिबेशनबाट धिरेन्द्र शाहीको संयोजकत्वमा १३ सदस्यीय कर्णाली प्रदेश समिति चयन गरिएको छ । संस्थाको बिद्यान अनुसार, संस्थाको केन्द्रीय महाधिबेशनबाट सातै प्रदेशका लागि प्रदेश संयोजक चुनिन्छन् भने प्रदेश अधिबेशनबाट अन्य पदाधिकारी छनौट गर्ने गरिन्छ ।

प्रदेश अधिबेशनबाट सह–संयोजकमा सुर्खेत शाखाका जगतदल जनाला वि.क, सचिवमा दैलेख शाखाका नारायण प्रसाद रिजाल, सहसचिवमा सुर्खेत शाखाकी ललिता विश्वकर्मा ओड, कोषाध्यक्षमा सुर्खेत शाखाका जीवराज केसी चयन भएका छन् । यस्तै सदस्यहरुमा सुर्खेत शाखाका रामबहादुर बटाला, मुगु शाखाका दिलबहादुर रावत, जाजरकोट शाखाकी शारदा पुन मगर, सल्यान शाखाकी करिश्मा गिरी, जुम्ला शाखाकी अनिता नेपाली, दैलेख शाखाका निपेन भण्डारी, कालिकोट शाखाकी मिम्की शाही र सुर्खेत शाखाकी भगवती वि.सी. चयन भएका छन् ।

केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको संयोजक, निबर्तमान अध्यक्ष रमेश सिटौला र केन्द्रीय सदस्य सुरेन्द्र शाही सदस्य रहेको निर्वाचन समितिले निर्वाचनको कार्य सम्पादन गरेको थियो ।

बिभिन्न पदहरुमा उम्मेद्धारी धेरैको परेपनि सहमतिबाट नेतृत्व चयन गरिएको थियो ।

  • २७ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech