युवा सम्मेलनमा बिभिन्न सम्मान प्रदान

असल शासन प्रतिनिधि

सुर्खेत/सुर्खेतमा सम्पन्न भ्रष्टाचार विरुद्धको प्रथम कर्णाली प्रदेश युवा सम्मेलनमा बिभिन्न सम्मान प्रदान गरिएको छ ।

बास नेपाल कर्णाली प्रदेश समितिको आयोजनामा पौष २५ गते सम्पन्न युवा सम्मेलनमा बिभिन्न सम्मान प्रदान गरिएको हो ।

जानकारी अनुसार, कर्णाली प्रदेशका शाखाहरु मध्ये उत्कृष्ट शाखाको रुपमा सुर्खेत शाखा, उत्कृष्ट कर्मचारीको रुपमा मुगुमा सामाजिक परिचालकको रुपमा कार्यरत पार्बती मल्ल, कालिकोटमा सामाजिक परिचालकको रुपमा कार्यरत रमेश सुनार, उत्कृष्ट स्वयंसेवकको रुपमा सुर्खेतकी ललिता बिश्वकर्मा ओड, मुगुका सेन्दोल लामा, नेपालको पहिलो शाखा सुर्खेतका संस्थापक अध्यक्ष त्रिभुवन बि.सि. र पूर्व केन्द्रीय सदस्य नेम बहादुर शाहीलाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्ति, शाखालाई अतिथीहरुले सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा सम्मेलन सफल पार्न सहयोग गर्ने व्यक्ति, संस्थाहरुलाई कदर पत्र, मायाको चिनो प्रदान गरिएको थियो ।

  • २७ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech