ठाटीकाँधका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास

असल शासन प्रतिनिधि

नेपालगन्ज/ दैलेखको ठाटीकाँध गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुका लागि सकारात्मक सोच र सामाजिक जवाफदेहिता बिषयक तालिम सम्पन्न भएको छ । ठाटीकाँध गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा पौष २४ गते सो तालिम सम्पन्न भएको हो ।

ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष देविराम बडुवालको अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटाले सुशासन, सूचनाको हक, नेतृत्व बिकास, पालिकाकाका काम, कर्तव्य र अधिकार, स्थानीय सरकारको प्राथामिक्ता, सकारात्मक सोच, स्थानीय सरकारले गर्नुपर्ने काम, सामाजिक जवाफदेहीता, सार्ववजनिक सुनुवाइ, स्थानीय तहका राम्रा अभ्यासहरु, योजना तर्जुमा सिप, स्थानीय सरकार सञ्चालनसंग सम्बन्धित ऐन, नीयम र कानुन लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

तालिमको समापन सत्रमा बोल्दै गाउँपालिका उपाध्यक्ष देविराम बडुवालले तालिमबाट काम गर्ने थप उर्जा थपिएको बताएका थिए । जीवन जिउने कलाको वारेमा जानकारी भएको बताउदै जनतालाई खुसी बनाउने गरी काम गर्ने सिप तालिमबाट सिकेकको उनले बताए । बडुवालले तालिमको माध्यामबाट पालिकाले गर्नुपर्ने काम र जनप्रनिधि तथा कर्मचारीको भुमिकाको विषयमा स्पष्ट भएको बताएका थिए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेम बहादुर खत्रिाले तालिमबाट जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास भइ काम गर्ने सकारात्मक उर्जा थपिएको बताउदै यस्ता किसिमका तालिम नियमित सञ्चालन गर्ने बताए ।

तालिमका सहभागिहरुले तालिमले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास भएको बताउदै प्रभावकारी सेवा प्रवाहको सिप सिकाइ भएको बताएका थिए । तालिममा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष लाल बहादुर शाही, प्रशासन शाखा प्रमुख सारदा रावत, ठाटीकाँध उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर थापा, लगायले बोलेका थिए । बास नेपालका कार्यक्रम ब्यवस्थापक मन भण्डारीले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले स्वागत गरेका थिए । तालिममा गपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख, बिभिन्न सामाजिक संस्थाका प्रतिनिधि लगायत ४० बढिको सहभागिता रहेको थियो ।

  • २७ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech