इन्स्पाईरिंगको बिशेष श्रृखलाकालागि कर्ण शाक्य नेपालगन्जमा

हेम राज भट्ट

नेपालगन्ज । बासले सञ्चालन गर्दै आएको ईन्सपाईरिङ्ग युथको २६८औं बिशेष शृङ्खलाको तयारी पुरा भएको जनाएको छ ।
सारात्मक सोचका प्रणयता कर्ण शाक्यको बिशेष उपस्थिती रहने उक्त कार्यक्रम पौष २९ गते शुक्रबार नेपालगन्जको बिपि चौक स्थित सिएसटी होटल एण्ड प्यालेसमा बिहान ११ बजेबाट शुरु हुने छ ।


सकारात्मक सोचका अलावा कर्ण शाक्य पर्यावरणविद्, संरक्षणवादी, होटल उद्यमी, लेखक, र समाजसेवीका रुपमा समेत परिचित ब्यक्ति हुन्। उनले सरकारी जागिर छोडेर पर्यटन व्यवसायमा प्रवेश गरे पछि सोच, खोज, मोज लगायतका धेरै प्रख्यात कृतिहरू लेखि सकेका छन् । हाल उनको स्वामित्वमा काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी जस्ता प्रमुख पर्यटन शहरहरूमा इको फ्रेन्डली होटलहरु सञ्चालनमा रहेको छन्।


शाक्यले देहरादून, भारतको भारतीय वन कलेजबाट वानिकीमा एआईएफसी स्नातकोत्तर गरेका छन्। उनले कोनम्बरा योजना र नेचर रिक्रिएसन मैनेजमेन्ट अन्तर्गत अमेरिकाको विभिन्न राष्ट्रिय निकुञ्जहरूमा क्यानाडा र संयुक्त राज्य अमेरिका अन्तर्गतको विभाग अन्तर्गत क्यानबेरा अस्ट्रेलिया वन प्रशासनमा विशेष संरक्षण प्रशिक्षण प्राप्त गरेका छन् ।
ईन्स्पारिंग युथ कार्यक्रमकै अवसरमा बास नेपालले उनको अनुभवलाई साझाँ गर्न वनसँग सेलिब्रेटी कार्यक्रम नाम दिई भोलीको कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्ने जनाएको छ । कार्यक्रम का लागी कर्ण शाक्य आज नै नेपालगन्ज आइसकेका छन । आयोजक संस्था बासले कर्ण शाक्यको बिशेष उपस्थितीमा हुने इन्स्पाईरिंग युथ कार्यक्रममा सहभागिताका लागि सरकारी, गैरसरकारी लगायत सम्पूर्ण सरोकारवालाहरुलाई अपिल गरेको छ । कार्यक्रममा सहभागिताका लागि निशुल्क ब्यवस्था गरिएको आयोजक बासले जनाएको को छ ।

  • २८ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech