अबैध काठसहित ३ जना भारतीय पक्राउ

असल शासन प्रतिनिधि

नरैनापुर/ बाँकेको नरैनापुर गाउँपालिकाको नयाँ बस्तीबाट अवैध काठसहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । अवैध काठ लुकाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डसँगै गएको नरैनापुर सव–डिभिजन वन कार्यालयका रेन्जर जगबिर खत्रीको टोलीले नयाँ बस्तीमा लुकाई राखिएको अवस्थामा १७.१५ क्युफिटका ३३ थान सालको कडीसहित ३ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार अवैध काठसहित पक्राउ परेका सबै भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेलाई बुझाइएको छ ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech