भन्सार छलीको सामान बरामद

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको विभिन्न बेबारिसे सामान प्रहरीले बरामद गरेको छ । शुक्रबार जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाह स्थित इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३ बोरा चिनी, १० काटुन सेलो पेन, १०० प्याकेट सुपर पावर सुर्ती ६ थान जेन्स सुट कपडा ८० केजी गुड, १४ पिस लेडिज उनी सुट र २ बोरा पिठो बरामद गरेको हो ।

बरामद सामानको मूल्य  एक लाख बाह्र हजार नौ सय पचास रुपैयाँ रहेको प्रहरीले बताएको छ ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech