‘सुशासनको बाधक गरिबी’ : कर्ण शाक्य

असल शासन प्रतिनिधि

नेपालगन्ज/ गरिबीले गर्दा देशमा सुशासन कायम हुन नसकेको सकारात्मक सोचका प्रणेयता कर्ण शाक्यले बताएका छन् । नीति नियम र कानुन अनुसार देशका संयन्त्रहरु संचालित भए कोही पनि गरिब नहुने शाक्यले बताए । विशेष वक्ता शाक्यको उपस्थितिमा सम्पन्न नेपालगन्जमा वनसँग सेलिब्रेटी कार्यक्रममा सो कुरा बताएका हुन् ।

डिभिजन वन कार्यालय बाँकेको सहयोग तथा बास नेपालको आयोजनामा संचालन भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शाक्यले झण्डै ३ घण्टासम्म आफ्ना अनुभवहरु सुनाएका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि लुम्बिनी प्रदेशका निर्वतमान वनमन्त्री सुरेन्द्र हमालले कर्ण शाक्यले थालेको सकारात्मक सोच अभियानले मानिसलाई सकारात्मक बन्न अभिप्रेरित गरेको बताए । कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीलाई स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश डिभिजन वन कार्यालयका वन अधिकृत गणेश खड्काले गरेका थिए ।

बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले संचालन गरेको कार्यक्रममा धन्यबाद ज्ञापन डिभिजन वन कार्यालयका प्रमुख अजितकुमार कर्णले गरेका थिए भने कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेकी थिइन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथि शाक्य, सकारात्मक सोच अभियानका संयोजक प्रवीण शाक्य, लुम्बिनी प्रदेशका निर्वतमान वन मन्त्री हमाल, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँकेका प्रहरी प्रमुख सन्तोषसिंह राठौर, बासका सल्लाहकार किरण आचार्य, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, प्राध्यापक, कर्मचारी, गैससकर्मी, युवा लगायत ४ सय ५० बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा सोच समूह नेपालगन्ज, टक्सार, असल शासन मिडिया, भ्वाई नेपालगन्ज, नाइस नेपालगन्ज, दिदि बहिनी समाज नेपालगन्ज, भायनेट, ब्राइटल्याण्ड स्कुल नेपालगन्जको सहकार्य रहेको थियो ।

यसैबीच नेपालगन्ज स्थित सरस्वती विद्यालयमा अध्ययनरत १५ जना र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा रहेका ५ जना विपन्न बालवालिकालाई न्यानो कपडा वितरण गरिएको थियो ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech