कुर्ता सुरवाल र चिनी बरामद

असल शासन प्रतिनिधि

नेपालगन्ज/ प्रहरीले भारत छलेर ल्याएको कुर्ता सुरवाल र चिनी बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरस्थित इलाका प्रहरी कार्यालय जयसपुर बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो । बरामद गरेको सामान असी हजार रुपैयाँको रहेछ भने उक्त सामानलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगन्ज पठाइएको छ ।

  • ३ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech