पाहुनाघरबाट प्रिन्टरसहित नक्कली नोट बरामद

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जको एक होटलबाट नक्कली नोट छाप्ने प्रिन्टर र नक्कली नोट बरामद भएको छ । धम्बोझीस्थित होटल पाहुना घरबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित केही थान नक्कली नोट जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको हो ।

पुस २९ गतेदेखि होटलमा दुई व्यक्ति बस्दै आएका थिए । ३० गतेसम्म कोठामा आउजाउ गरेका ती व्यक्ति दुई दिनसम्म पनि कोठामा नआएपछि होटल संचालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कोठा खोल्दा ५० रुपैयाँका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौरले घटनाका बारेमा अनुसन्धान गरिरहेको र ती व्यक्तिको खोजी गरिरहेको जानकारी दिए ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech