महोत्सवको सचिवालय स्थापना, स्टल बुकिङ खुला

असल शासन प्रतिनिधि

नेपालगन्ज/  बाँकेको नेपालगन्जमा हुन गइरहेको ‘चौथो प्रादेशिक औद्यौगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवम् पर्यटन महोत्सव २०७९’को तयारीका लागि सम्पर्क सचिवालय स्थापना गरिएको छ ।

महोत्सवको तयारी तीब्र रुपमा अगाडि बढेसँगै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित कारकाँदो नजिकै सचिवालय स्थापना गरिएको हो । सचिवालय कारकाँदो स्थित रहेको माछापुच्छ्रे बैंकको पारिपट्टी सचिवालय राखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसालले जानकारी दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा.लि. को सहआयोजनामा यहीँ माघ १० गते देखि २४ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित सडक डिभिजन कार्यालय कारकाँदोको परिसरमा ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ हुन लागेको हो ।

‘समृद्ध नेपालको प्रमुख आधार कृर्षि, उद्योग, पर्यटन संस्कृति र व्यापार प्रवद्धनका साथ नागरिक स्वरोजगार’ भन्ने मुल नाराका साथ उक्त महोत्सव आयोजना हुन लागेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले जानकारी दिइन् ।

 

स्टल बुकिङ खुला, ८० प्रतिशत बुकिङ्ग सम्पन्न  

महोत्सवको करिब ८० प्रतिशत स्टल बुकिङ्ग भइसकेको बताइएको छ । महोत्सवमा स्टलहरु धमाधम बुकिङ्ग भइरहेको सचिवालयले जनाएको छ । हाल सम्म करिब ८० प्रतिशत स्टलहरु बुकिङ्ग भईसकेको मुख्य आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसालले जानकारी दिए ।

महासचिव भुसालले भने, ‘हाल सम्मको अवस्था हेर्दा हामीसँगग करिब ८० प्रतिशत स्टलहरु बुकिङ्ग भइसकेका छन् । जसमा होटल लाइनको सबै स्टल बुकिङ्ग भइसकेको छ । स्थानीय उद्योगहरुको स्टल बुकिङ्ग हुने क्रम जारी नै छ ।’

स्थानीय उद्योगहरुलाई बढी प्रवद्र्धनका लागि महोत्सवमा धेरै स्टलहरु छुट्याइएको छ । औद्यौगिक र व्यापारिक स्टलहरु केही मात्र बाँकी रहेको महासचिव भुसालले जानकारी दिए ।

स्टल बुकिङ्ग खुल्ला रहेकोले सचिवालयमा सम्पर्क गर्न हुन नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले अनुरोध गरेकी छन् ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech