चैत्र ४ गते गैसस महासंघ नेपाल बाँकेको ९ औं अधिवेशन

असल शासन प्रतिनिधि

नेपालगन्ज/   गैर सरकारी संस्थाहरुको छाता संगठन गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाको नवौं अधिवेशन एवम् २२ औं साधारण सभा २०७९ चैत्र ४ गते हुने भएको छ । दोश्रो बाँके जिल्ला स्तरीय नागरिक सम्मेलनसहित अधिवेशन नेपालगन्जमा हुने भएको हो ।

गैसस महासंघ नेपाल बाँके शाखाको बुधबार सम्पन्न कार्य समिति बैठकले अधिवेशनको मिति तय गरेको छ । अधिवेशन भव्यताका साथ सफल पार्नका लागि उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको संयोजकत्वमा कार्य समिति सदस्य मैमुना सिद्धकी र शंकर न्यौपाने सदस्य रहेको तयारी समिति, सचिव आशिष बर्माको संयोजकत्वमा सदस्यहरु अभिराज क्षेत्री र जयन्त ीखत्री सदस्य रहेको प्रचार, प्रसार समिति, कोषाध्यक्ष निर्मला सुनारको संयोवकत्वमा सदस्यहरु जयन्ती खत्री र लोक बहादुर परियार सदस्य रहेको आर्थिक समिति, कार्य समिति सदस्य सूर्यलाल यादवको संयोजकत्वमा सदस्यहरु अर्मिला रोकाय र अभिराज क्षेत्री सदस्य रहेको संस्था आबद्धता तथा नविकरण समिति गठन गरिएको छ ।

बैठकले माघ ११ गते आबद्ध गैससका अध्यक्ष, सचिवहरुको भेला गर्ने निर्णय गरेको छ भने माघ २८ गते बर्दियाको सतखलवामा मैत्रीपूर्ण वनभोज कार्यक्रम गर्ने निर्णय गरेको छ । अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा बसेको बैठकमा कार्य समिति पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech