सरसरफाइबारे उपमहानगरपालिकासँग सूचना माग

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिकाको सरसफाइबारे सूचना माग गरिएको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्ज १२ का नमस्कार शाहले सूचना माग गर्दै निवेदन दर्ता गरेका हुन् ।

शाहले नेपालगन्ज उपमहानगरपालिकाका सबै वडाहरुमा रहेका शौचालयहरुको संख्यासहितको विवरण, हाल संचालित शौचालयहरुको संख्या, विवरण, संचालन हुन नसकेका शौचालयको संख्या सहितको विवरण माग गरेका छन् ।

संचालित शौचालयहरुको अवस्था, संचालन प्रकृया, नेपालगन्ज उपमहानगरपालिकाको धम्बोझीमा रहेको अत्याधुनिक शौचालय निर्माणका लागि लागेको लागत रकम, हाल सो शौचालय संचालन नहुनुको कारण खोजिएको छ । संचालन नभएको सो शौचालय संचालनका लागि उपमहानगरपालिकाको योजना माग्दै सूचना मागकर्ता शाहले सरसफाइ शाखामा कार्यरत कर्मचारीहरुको विवरण, घुम्ती शौचालयहरुको अवस्था र सरसफाइका लागि यस आवमा स‌ंचालन हुने कार्यक्रमको विवरण माग गरेका छन् ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech