ब्राउन सुगरसहित पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ ९ ग्राम ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । भारतबाट लुकाइछिपाइ ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा महेन्द्र बुढामगर पक्राउ परेका हुन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का १९ वर्षीय बुढाको अवस्था शंकास्पद देखिएपछि इलाका प्रहरी कार्यालय जमुनाह बाँकेबाट खटिएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उक्त परिणामको ब्राउन सुगर फेला परेको हो । बुढा उपर आवश्यक अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech