२० नम्वर ईकाईमा लबकुश

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष कौशल कुमार धोबीले युवाहरु वाचडकको रुपमा सक्रिय हुनुपर्ने बताए ।

अध्यक्ष धोबीले बास नेपालले आयोजना गरेको २० नम्बर वडा ईकाई पुर्नगठन भेलामा सो कुरा बताएका हुन् ।

अध्यक्ष धोबीले सुशासन स्थापनाका लागि युवाहरूको भुमिका महत्वपूर्ण हुने बताए ।

भेलाले लबकुश यादवको अध्यक्षतामा ९ सदस्यीय ईकाई समिति पुर्नगठन गरेको छ जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश: पवनराज उपाध्याय, दिपिका देबकोटा, महेन्द्र ढुङ्गाना र श्रीया श्रीष रहेका छन् भने सदस्यहरुमा क्रमश सुरेन्द्र यादव, प्रेम जैशी, नरेश यादव र शैलेन्द्र ऐडी रहेका छन् ।

बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथाकी, केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, जनसम्पर्क अधिकृत माधव कुमार कार्की, प्रशासकिय अधिकृत शुद्य चौधरीको उपस्थितिमा ईकाई पुनर्गठन भएको थियो ।

बास नेपाल बाँके शाखाकी अध्यक्ष शोभा थापा मगरको अध्यक्षतामा आयोजित भेलामा बाँके शाखाकी उपाध्यक्ष शर्मिला थापाले स्वागत मन्तब्य व्यक्त गरेकि थिइन् ।

ईकाई पुर्नगठन तथा कार्यक्रमको उद्धेश्यमाथी कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेको कार्यक्रममा केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले नबनिर्बाचित ईकाईलाई बधाई दिएकि थिइन् ।

कार्यक्रम केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्मा र जनसम्पर्क अधिकृत माधव कार्कीले सहजीकरण गरेका थिए ।

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech