६ प्रश्नमा ‘भगत’

तपेन्द्र मलाती

भगत बहादुर नेपाली
क्याम्पस प्रमुख
मध्यपश्चिम बहुमुखी क्याम्पस, नेपालगन्ज बाँके

१. तपाईको जीवनको आर्दश के हो ?
सरल व्यवहार सकारात्मक सोच र सबैको सह अस्तित्वलाई स्वीकार गर्नु नै मेरो आदर्श हो ।

२. कसको उत्पे्ररणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
परिवार, असल संगत र मेरा गुरुहरुको सकारात्मक मार्ग निर्देशका कारण म यहाँसम्म पुगोको हुँ ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
म एक प्राध्यापक र समाजसेवी समेत भएको हुँदा सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्दछ भन्ने सकारात्मक सन्देश आम नागरिकलाई सम्प्रेषण गर्ने कार्यको मूल भएर कार्य गरेको छु, साथै साथै मेरो अभियान भ्रष्टाचार मुक्त समाजको निर्माणमा सहयोगी हात बनेर आफू सामाजिक कार्यमा सहभागी हुँदै सभ्य समाज निर्माणमा सेवा गर्दै आइरहेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
म बर्दियाबाट पहिलोपटक उच्च शिक्षा लागि नेपालगन्ज आउँदा कोठा नपाउँदाको क्षण अविस्मरणीय रह्यो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
कानुनको अधिनमा रही मैत्रीपूर्ण सेवा प्रवाह गर्नु नै मेरो बुझाइमा असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
आफ्नो कार्य निष्ठापूर्ण र इमान्दारीपूर्वक गर्ने र क्षमतामूलक समाज निर्माण गर्नु नै मेरो प्रतिबद्धता हो । ध

 

  • ७ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech