२४ क्युफिट अवैध काठ बरामद

असल शासन प्रतिनिधि

२४ क्युफिट अवैध काठ बरामद

नेपालगन्ज/ अवैध २४ क्युफिट काठ प्रहरीले बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२३ डम्पिङ साइड नजिकैबाट प्रहरी चौकी तेलियनपुरबाट प्रहरी सहायक निरीक्षक धर्मबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले उक्त काठ बरामद गरेको हो ।

बेवारिसे अवस्थामा भेटिएको काठ नेपालगन्ज डिभिजन वन कार्यालयलाई बुझाइएको छ । हिरिमिनिया प्रहरी र वन उपभोक्ता समूहलाई छलेर उक्त काठ तस्करहरुले भिœयाएका उनीहरु काठ छाडेर भगेका थिए ।

  • ७ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech