खजुरामा कम्बल वितरण

असल शासन प्रतिनिधि

खजुरा/ खजुराका ५० जना स्थानीयलाई शनिबार कम्बल वितरण गरिएको छ । बाँकेको खजुरा गाउँपालिकाले विपन्न वर्गहरुलाई न्यानो कपडा (कम्बल) वितरण गरेको हो । जाडोका कारण कष्टकर जीवन यापन गरिरहेका विपन्न परिवारलाई खजुरा गाउँपालिका वडा नम्बर ४ को आयोजनामा शनिबार कम्बल वितरण गरिएको थियो ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले जाडोको समयमा एउटा पनि कम्बलसमेत खरिद गर्न नसक्ने परिवालाई सहयोग स्वरुप कम्बल वितरण गरिएको बताए । आफ्नो जनतालाई परेको समस्या समाधान गर्ने जिम्मा स्थानीय सरकारको भएकाले चिसोबाट राहत होस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको जनाए । खजुरा गाउँपालिकाको वडा नम्बर ८ बाहेक अन्य सम्पूर्ण वडामा कम्बल वितरण गरिएको विकले जानकारी दिए ।

८ वटै वडामा प्रति वडा ५० थानका दरले ४ सय बढी कम्बल वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए । अधिकृत उपाध्यायले खजुरा गाउँपालिकाका स्थानीयवासीको जिम्मेवारीवहन गर्न कृषि तथा पशु, सामाजिक सुरक्षा, शिक्षामा थप नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले पालिका तहबाट आफ्ना जनताका लागि गरिएको सानो प्रयासलाई आत्मसात् गर्न अनुरोध गरिन् ।

  • ७ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech