महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकार आउँदै

असल शासन प्रतिनिधि

७ माघ, बाँके । बाँकेको नेपालगन्जमा हुन गइरहेको महोत्सवमा भोजपुरी गायक खेसारी लाल र मोडेल डान्सर प्रिती पासवान सहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार आउने भएका छन । १५ दिनसम्म संचालन रहने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।

नेपालगन्जमा माघ १० गतेदेखि हुन गइरहेको ‘चौथो प्रादेशिक औद्यौगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवम् पर्यटन महोत्सव २०७९’  ५० बढी कलाकारको सहभागिता रहने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिएका छन् ।

महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय कलाकार र्‍यापर भि-टेन, गायक प्रमोद खरेल, गायिका ज्योति मगर, बद्री पंगेनी, र्‍यापर लाहुरे, माईला, टंक तिमिल्सेना र गायिका रेखा जोशी, र्‍यापर मिस्टर आरजे गायिका सृजना खत्री (हाउडे माया), गायक प्रकाश सपुत, गायिका प्रिती आले, टिका सानु, डान्सर अञ्जली अधिकारी, आरुषी मगर, रुबिना अधिकारी, गायिका शान्ती श्री, मिलिना राई, बिन्दु परियार, गायक एम.टी. महर, चन्द्र शर्मा, बाल गायक सुप्रिम मल्ल, बाल गायिका कमला घिमिरे, कमेडी कलाकार भटभटे/पुतली, बल्छी/राजु माष्टर लगायतका कलाकारहरुको बेजोड प्रस्तिुति रहने छ भने स्थानीय कलाकारको समेत प्रस्तुति रहने संयोजक कंडेलले जानकारी गराए ।

  • ७ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech