जीप दुर्घटनामा ४ को मृत्यु

असल शासन प्रतिनिधि

सुर्खेत/ जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । शनिबार राती साढे २ बजे सुर्खेतको छिन्चुदेखि वीरेद्रनगरतर्फ जाँदै गरेको बाप्र०१०२६च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर–११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर– ७ का २७ वर्षीय सागर शाही, दैलेख डुंगेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते भएका दैलेख भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech