नेपालगन्जबाट मानसरोवरका लागि पहिलोपटक माउन्टेन फ्लाइट हुँदै

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जदेखि मासरोवरका लागि माउन्टेन फ्लाइट हुने भएको छ । माघ १५ गतेदेखि नेपालगन्जमा हुने वेष्टर्न ट्राभल मार्टका अवसरमा पहिलोपटक नेपालगन्ज–कैलाश मानसरोवर माउन्टेन फ्लाइट हुने भएको हो। आइतबार बुद्ध एयर र वेष्टर्न ट्राभल मार्टबीच माघ १६ गते माउन्टेन फ्लाइट गर्ने सम्झौता भएको मार्टका संयोजक श्रीराम सिग्देलले जानकारी दिएका छन् ।

माघ १६ गते हुने पहिलो फ्लाइटमा नेपाली पर्यटन क्षेत्रका सरोकारवाला, पर्यटनकर्मी, नेपाल तथा भारतबाट आउने पर्यटन व्यवसायी नेपालगन्जबाट बुद्ध एयरको माउन्टेन फ्लाइट चढेर मानसरोवर दर्शन गर्नेछन् । माउन्टेन फ्लाइटका क्रममा कैलाश मानसरोवरसँगै रारा ताल र शे–फोक्सुन्डो ताल पनि हेर्न सकिनेछ संयोजक सिग्देलले जानकारी दिए ।

पश्चिम नेपालको पर्यटन प्रवर्द्धन र विकासका लागि गएको वर्षदेखि सुरु भएको वेष्टर्न ट्राभल मार्ट यसपटक माघ १५ गतेदेखि १७ गतेसम्म नेपालगन्जको सोल्टी होटलमा हुन लागेको छ । नेपाल पर्यटन बोर्डको सहयोग र नाट्टा बाँके च्याप्टरको आयोजनामा सुरु हुने मार्टमा काठमाडौंसहित सातै प्रदेशका पर्यटन व्यवसायी र सरोकारवाला सहभागी हुनेछन् ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech