धनगढीमा प्रदेश स्तरीय तालिम शुरु

असल शासन प्रतिनिधि

धनगढी/सुदुरपश्चिम प्रदेशकामा कार्यरत युवा स्वयम् सेवकहरुका लागि दुई दिने क्षमता अभिबृद्धी तालिम धनगढीमा शुरु भएको छ ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत बाल संरक्षण तथा लैंगिक हिंसा न्युनिकरण कार्यक्रम अन्तरगत उक्त तालिम शुरु भएको हो ।
समुदायमा घटेका महिला तथा बालवालिका बिरुद्धका हिंसा तथा अन्य संरक्षण सम्बन्धी घट्नाहरुबारे अनलाईन टुल मार्फत कार्य गर्दै आएका स्वयम् सेवकहरुको क्षमता अभिबृद्धीका लागि उक्त तालिम आयोजना गरिएको हो ।


दुईदिने तालिमको पहिलो दिन बाल संरक्षण र घट्ना ब्यवस्थापनका बिषयमा प्रशिक्षक जगदिश बहादुर सिंह र लैंगिक हिंसा न्यूनीकरणका विभिन्न बिषयमा सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेशका महिला बिकास अधिकृत बिन्दु कुमारी चटौतले सहजिकरण गरेका छन् । तालिममा प्रोटेक्सन मोनेटरीङ गाईडिंग प्रिन्सीपलका बिषयमा बासका कार्यक्रम संयोजक हेमराज भट्टले सहजिकरण गरेका थिए ।


तालिमको उद्घाटन सत्रमा बोल्दै बासका सुदुरपश्चिम प्रदेश संयोजक पाण्डब पुजाराले कार्यक्रम अन्तरगत महिला तथा बालवालिकाको संरक्षणका लागि स्वयम् सेवकहरुको भूमिका अपरिहार्य भएको बताए । उनले समुदायमा हुने घट्नाहरुको सहि समय र सत्य रुपमा रिपोर्टीग गर्दै समाधानका लागि स्थानीय सरकार लगायत निकायहरुसँगको समन्वयमा काम गर्न अनुरोध गरे । उद्घाटनमा बोल्दै कार्यक्रम संयोजक हेमराज भट्टले कार्यक्रमको बारेमा जानकारीसँगै तालिमको उद्धेश्यमाथि प्रकाश पारेका थिए । बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा स्वागत बास कैलाली शाखाका अध्यक्ष चिरन्जीवि छेडालले गरेका थिए । तालिममा सुदुरपश्चिम प्रदेश अन्तरगत ८८ ओटै पालिकामा कार्यरत युवा स्वयम् सेवकहरुको सहभागिता रहेको छ ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech