७५ बर्षिय जेष्ठ नागरिकले पाए नागरिकता

असल शासन प्रतिनिधि

नेपालगञ्ज/जिल्ला प्रशासन कार्यालय बाँकेबाट ७५ बर्षिय एक जेष्ठ नागरिकले नेपाली नागरिकता प्राप्त गरेका छन् ।

बाँके खजुरा गाउँपालिका वडा नम्वर २ का दल बहादुर खत्रीले ७५ बर्षको बयोबृद्ध उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका हुन् ।
२००४ साल साउन १५ गते जन्मिएका खत्रीले प्राप्त गरेको नागरिकता हराएपछि उनी नागरिकता बिहिन बने । नागरिकता हराएपछि कुनै पनि कागजातमा उनको नागरिकता नम्वर नखुलेपछि उनको नागरिकता बनाएर नेपाली नागरिक हुने प्रयास सफल हुन सकेको थिएन ।
निम्न आर्थिक अवस्थाका खत्रिको नाममा घर, जग्गा केही पनि नहुँदा उनको नागरिकता बन्न सकिरहेको थिएन ।

उनको एक मात्र सहारा उनका पुत्र दुर्गा बहादुर खत्रीको पनि केही महिना अघि हृदयघातबाट निधन भएपछि उनी झन बिक्षिप्त बने । उनसँग दुबै कान नसुन्ने बुहारी मात्रै अव सहाराको रुपमा छन् ।

केही दिन अघि खजुरा गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष धनराम वली घरभेटमा जाँदा खत्रीसँग भेट भयो, सामाजिक सुरक्षा भत्ताका बिषयमा सोधपुछ गर्दा नागरिकता नभएका कारण भत्ता प्राप्त नगरेको जानकारी वडाध्यक्षलाई भयो । दृष्टिबिहिन, हिंडडुल गर्न नसक्ने अवस्थामा रहेका खत्रीको नागरिकता नभएको बिषयमा वडाध्यक्ष वलीले पहल कदमि लिए ।

धेरै बर्ष सम्म नागरिकता प्राप्त गर्न नसकेका खत्रीलाई वडाध्यक्ष वलीको पहलमा जिल्ला प्रशासन कार्यालय बाँकेले नयाँ प्रकृयाबाट सोमवार नागरिकता प्रदान गरेको छ ।

नागरिकता ऐन बमोजिम छोराको नागरिकताका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र जारी गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताए ।

तिलक बहादुर खत्रीका छोरा दल बहादुर खत्रीलाई वडाध्यक्ष वलीको पहल, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको बिशेष समन्वयमा नागरिकता प्रदान गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत खड्क प्रसाद उपाध्यायले नागरिकताको प्रमाण पत्र जारी गरेका हुन् ।

बृद्धअवस्थामा नागरिकता प्राप्त गर्दा खत्री दंग छन् भन्छन्—बहुत खुसी छुँ । घर भेटमा जाँदा बृद्धअवस्थामा रहेका खत्रीसँग नागरिकता नभएको थाहा पाएपछि नागरिकताको लागि पहल गरेको वडाध्यक्ष वलीले बताए । जिल्ला प्रशासनको बिशेष सहयोगमा खत्रीलाई नागरिकता दिलाउन पाउँदा खुसी लागेकोछ, वलीले भने— अव वहाँलाई सामाजिक सुरक्षा भत्ता दिन सहज हुनुका साथै वहाँलाई पनि नेपाली नागरिकता पाउँदा खुसीको महसुस भएको छ ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech