महत्वपूर्ण निर्णय गर्दै बास नेपालको ४३ औं पूर्णकालिन बैठक सम्पन्न

असल शासन प्रतिनिधि

धनगढी/बास नेपालको ४३ औं पूर्णकालिन बैठक सुदुरपश्चिमको धनगढीमा सम्पन्न भएको छ ।

बास सुदुरपश्चिम प्रदेश समितिको आतिथ्यतामा माघ ७ र ८ गते बैठक सम्पन्न भएको हो ।

केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निर्णयहरु गरेको छ । बैठकले संस्थाका उपाध्यक्ष शिब कुमार बर्माले प्रश्तुत गरेको साँगठिनक प्रतिबेदन, कार्यकारी निर्देशक नमस्कार शाहले पेश गरेको प्रगति प्रतिबेदन, कोषाध्यक्ष कल्पना अधिकारीले पेश गरेको आर्थिक प्रतिबेदन अनुमोदन गरेको छ ।

बैठकले संस्थाकी केन्द्रीय सचिव दिला शाहकी ममतामयी मुवा देवा शाहको निधन प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति समबेदना प्रकट गर्दै शोक प्रश्ताव पारित गरेको छ ।

बैठकले २०७९ चैत्र ११ गते भ्रष्टाचार बिरुद्ध लुम्विनी प्रदेश स्तरिय दोश्रो युवा सम्मेलन रुपन्देहीको भैरहवा र २०८० बैशाख १६ गते भ्रष्टाचार बिरुद्ध १ नम्वर प्रदेश स्तरिय प्रथम युवा सम्मेलन बिराटनगरमा गर्ने निर्णय गरेको छ । बैठकले १ महिना भित्र १ नम्वर प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको सम्पर्क कार्यालय स्थापना गर्ने, केन्द्रीय कार्यालयमा आम नागरिकहरुको सहजताका लागि टोल फ्रि नम्वर सहित हेल्प लाईन शेल स्थापना गर्ने, २०७९ चैत्र १७ र १८ गते ७ वटै प्रदेशका असल शासन अभियन्ताहरुको सहभागितामा नेपालगञ्जमा सामाजिक जवाफदेहिता तालिम आयोजना गर्ने निर्णय गरेको छ भने माघ १६ गते सहिद दिवसको अवसरमा रक्तदान, फाल्गुण २२ गते होलि मिलन कार्यक्रम, चैत्र १४ गते भ्रष्टाचार बिरुद्ध शुद्धिकरण कार्यक्रम र २०८० बैशाख १ गते राष्ट्रिय झण्डा दिवस देशव्यापी रुपमा मनाउने निर्णय गरिएको छ ।

बैठकले भ्रष्टाचार बिरुद्ध सन्देश प्रबाह गर्नका लागि २०७९ फाल्गुणमा सुदुर पश्चिम प्रदेशका सबै जिल्लाहरुमा पुग्ने गरि असल शासन यात्रा गर्ने र ४४ औं पूर्णकालिन बैठक प्रदेश नम्वर १ को झापामा २०८० बैशाख १७ र १९ गते गर्ने निर्णय गरेको छ ।

महासचिव खुमेश सुबेदीले सञ्चालन गरेको बैठकमा स्वागत सुदुरपश्चिम प्रदेश संयोजक पाण्डब पुजाराले गरेका थिए भने समापन अध्यक्ष लुना बुढाथोकीले गरेकि थिईन् ।

 

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech