जनताले उचाल्यो मेयर रनिङ शिल्ड उपाधि

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको खजुरा गाउँपालिकामा सोमबार सम्पन्न पाँचौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जनता नमुना माविले जितेको छ । वडा नम्बर ४ मा रहेको श्री नेरा आदर्श आविमा सम्पन्न प्रतियोगितामा वडा नम्बर ३ मा रहेको जनता नमुनाले यो पटक पनि एक्लैले १६ गोल्ड, ४ रजत र ३ कास्य जित्दै रनिङ शिल्डको उपाधि हासिल गरेको हो । जनताले यस पटक सहित लगातार ३ पटक जितेर ह्याट्रिक गरेको हो ।

दोस्रो बनेको वडा नम्बर ३ मै रहेको ज्ञानोदय नमुना माविले ६ गोल्ड, ८ रजत र ३ कास्य जितेको छ भने ५ गोल्ड, ६ रजत र ६ कास्यसहित वडा नम्बर ३ मा रहेको आदर्श मावि तेस्रो बनेको छ ।

रनिङ शिल्डमा सम्पन्न भएको १६ खेलहरुमा जनताका खेलाडी हावी भएका छन् । जनताले एथ्लेटिस्कतर्फको ६ वटै गोल्ड आफैले लगेको छ । जनताका लागि शान्ती पौडेल र टीकाराम सुनार ३–३ गोल्ड जितेका हुन् ।

छात्रा एथ्लेटिक्सतर्फ जनताले ७ गोल्ड, १ रजत र १ कास्यसहित प्रथम भएको छ भने ३ गोल्ड, ३ रजत र १ कास्यसहित ज्ञानोदय दोस्रो र २ गोल्ड, ५ रजत र ४ कास्यसहित आदर्श तेस्रो बन्यो । छात्रतर्फ पनि जनताले ७ गोल्ड, २ रजत र १ कास्यसहित प्रथम हुँदो दोस्रो बनेको आदर्शले३ गोल्ड, १ रजत र २ कास्य जित्यो । ज्ञानोदयले भने २ गोल्डसहित ४ रजत र २ कास्य जित्दै तेस्रो बन्यो ।

त्यसैगरी जनता क्रमश छात्रा भलिबल, छात्र भलिबल, छात्र कबड्डीतर्फ प्रथम भयो भने छात्रा कबड्डीतर्फ ज्ञानोदय प्रथम भएको छ ।
कबड्डीतर्फ ज्ञानोदयकी छात्रा नन्दिका सुनार र जनताका छात्र इसरार खाँ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । भलिबलमा छात्रातर्फ जनताका शान्ती पौडेल र छात्रतर्फ बसन्त पोख्रेल सर्वोत्कृष्ट खेलाडी भए ।

साथै निमावि तहमा ४ गोल्ड र २ कास्यसहित ज्ञानोदय प्रथम भएको छ भने ३ स्वर्ण र १ रजतसहित अरुणोदय मावि दोस्रो र १ स्वार्ण र १ रजतसहित जनता तेस्रो भयो ।

प्रावि तहमा २ स्वर्णसहित जेनिथ एकेडेमी प्रथम, १ स्वर्ण र १ कास्यसहित जनसेवा मावि दोस्रो र १ स्वर्ण र १ कास्यसहित अमर मावि तेस्रो भयो ।

समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा लुम्बिनी प्रदेशमन्त्री कृष्ण केसी नमुनसहित जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख सूर्यबहादुर खत्री, जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोषसिंह राठौर, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिकसहित सबै वडाका वडा अध्यक्षलगायत शिक्षक, कर्मचारीको उपस्थिति थियो ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech