सन्तानेश्वर जाने पर्यटकलाई नरैनापुरका अध्यक्ष शाहले गरे स्वागत

असल शासन प्रतिनिधि

नरैनापुर/ नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नरैनापुर ६ कोहलामा भव्य स्वागत गरिएको छ । सोमबार सन्तानेश्वर महादेव मन्दिरको दशर्नको लागि गएका ६५ जना कोहलपुरका तीर्थयात्रीलाई स्वागत गरिएको हो ।

सन्तानेश्वर महादेव मन्दिर जान लागेका तीर्थालुलाई कोहलामा निर्माण गरिएको प्रवेशद्वारमा पुगेर नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नं १ का अध्यक्ष इसाक जोलाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, योजना शाखा प्रमुख प्रकाश अधिकारी, स्वकीय सचिव वीरजेन्द्र यादव, धिरज खड्का, नरहरिनाथ योगीलगायतले स्वागत गरेका थिए ।

तीर्थालुसँग कुरा गर्दै अध्यक्ष शाहले नरैनापुर दुर्गमको नामबाट चिनिए पनि अब नरैनापुर सुगम बन्ने बताउँदै नरैनापुरलाई पर्यटनको हबको रुपमा विकास गर्न तर्फ आफू लागि परेकोले आआफनो स्तरबाट सहयोग गर्न आग्रह गरे ।

नरैनापुर गाउँपालिका भित्रिएका पर्यटकलाई गाउँपालिका अध्यक्ष शाहले फूल र पानी दिएर स्वागत गरेका थिए । हिजो आइतबार लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्ण केसी नमुनासहित टोली पहाडको टापुमा रहेको मन्दिरको अवलोकन गरेर फर्किनु भएको थियो ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech