फेरी गयो भुकम्प : बाजुराको मौला आसपासमा केन्द्रबिन्दु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सुदूरपश्चिम बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर भुकम्प गएको छ ।

मङ्लदिबार दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत भारतका विभिन्न राज्यमा समेत महसुस भएको छ ।

भूकम्पको धक्काले केही जिल्लाहरुको घरमा क्षति पुगेको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ ।

मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।
थप क्षतीको विवरण आउन बाँकी छ ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech