दुई दिने तालिम सम्पन्न

असल शासन प्रतिनिधि

धनगढी/सुदुरपश्चिमको धनगढीमा सञ्चालीत दुई दिने क्षमता अभिबृद्धी तालिम माघ १० गते सम्पन्न भएको छ ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत बाल संरक्षण तथा लैंगिक हिंसा न्युनिकरण कार्यक्रम अन्तरगत स्वयम् सेवकहरुको क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको थियो ।
तालिमको समापन कार्यक्रममा बोल्दै तालिमका सहभागि लक्ष्मी भट्टले तालिम निकै उपयोगी भएको प्रतिक्रिया दिईन् । तालिमले बाल संरक्षण र लैंगिक हिंसा न्यूनीकरणका विभिन्न बिषयमा जानकारी हासील भएको बताइन् । यसैगरी तालिममा प्रतिक्रिया मन्तब्य राख्दै अर्का सहभागि नवराज अवस्थीले तालिमबाट रिपोटींगको क्रममा आउने समस्याका बारेमा प्रष्टता भएको बताए । उनले तालिम पश्चात फिल्डमा काम गर्न सहजता हुने बताए ।
समुदायमा घटेका महिला तथा बालवालिका बिरुद्धका हिंसा तथा अन्य संरक्षण सम्बन्धी घट्नाहरुबारे अनलाईन टुल मार्फत कार्य गर्दै आएका स्वयम् सेवकहरुको क्षमता अभिबृद्धीका लागि तालिम आयोजना गरिएको थियो ।
दुईदिने तालिममा बाल संरक्षण र घट्ना ब्यवस्थापनका बिषयमा प्रशिक्षक जगदिश बहादुर सिंह, लैंगिक हिंसा न्यूनीकरणका विभिन्न बिषयमा सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेशका महिला बिकास अधिकृत बिन्दु कुमारी चटौत र प्रोटेक्सन मोनेटरीङ गाईडिंग प्रिन्सीपल र पिएमआईआर टुलको अभ्यासका बिषयमा बासका कार्यक्रम संयोजक हेमराज भट्टले सहजिकरण गरेका थिए ।
तालिमको समापनमा बास सुदुरपश्चिम प्रदेश संयोजक पाण्डब पुजारा, बासका कार्यक्रम अधिकृत हेमराज भट्ट, बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, लेखा अधिकृत राष्टि बुढा मगर, कार्यक्रम अधिकृत शर्मिला थापा, बास कैलाली शाखाका अध्यक्ष चिरन्जिबी छेडालको उपस्थिती रहेको थियो ।

  • ११ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech