स्व.आचार्यको स्मृतीमा प्रर्दशन तथा शोकसभा

असल शासन प्रतिनिधि

नेपालगन्ज । देश ब्याप्त ब्यथिति, बिसंगती र भ्रष्टाचार बाट आक्रान्त भएर आत्मदाह गरेका प्रेम प्रसाद आर्चायको स्मृतीमा नेपालगन्जमा प्रर्दशन तथा शोकसभा गरिएको
छ । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको अगुवाईमा नेपालगन्जको बिपि चौकमा शुक्रबार साझँ दिप प्रज्वलन गरि शोक सभा गरिएको हो ।


लुटतन्त्र, भ्रष्टाचार र अनियमितता बिरुद्ध नेपालगन्ज स्थित युवा तथा आम नागरिकहरु स्वस्फूर्त बिपि चौकको शोक सभामा सहभागि भएका थिए । राज्य सञ्चालनमा रहेका राजनितिज्ञहरुको अदुरदर्शिताका कारण देशमा केही गर्न चाहने युवाहरुमा नैरास्यता थपेको भन्दै युवाहरुले भ्रष्टाचार र बेथिति बिरुद्ध खबरदारी गरेका थिए ।

झण्डै ६० बढी युवाहरुले स्व. प्रेम प्रशाद आचार्यको स्मृतीमा मैनबत्ति प्रज्वलन गरेका थिए भने एक मिनेट मौन धारण समेत गरेका थिए । बासले देश भरी शाखाहरु मार्फत लुटतन्त्र, भ्रष्टाचार र अनियमितता बिरुद्ध प्रर्दशन तथा शोक सभा गरिरहेको छ ।

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech