श्रीमती र छोराको शरिरमा पेट्रोल खन्याएर आगो

बढ्दो अपराध

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको कोहलपुरमा एक श्रीमानले श्रीमती र नाबालक छोरा माथि पेट्रोल खन्याएर आगो लगाईदिएका छन् ।

कोहलपुर नगरपालिका २ का भानुभक्त विकले आफ्नेनी श्रीमती र छोरालाई पेट्रोल खन्याएर आगो लगाई हत्या प्रयास गरेका छन् ।

आईतवार साँझ ७ बजेको समयमा घरायसी झगडामा श्रीमान भानुभक्त वि.क.ले श्रीमती गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकको शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ ।

गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको छ, छोराको अवस्था गम्भिर रहेको छ ।

भानुभक्त हाल फरार रहेका छन् ।

  • १६ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech