राँझामा घन्कियो देउडा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ हरेक महिनाको १५ गते नेपालगन्जको राँझा एयरपोर्टमा देउडा कार्यक्रम हुँदै आएको छ ।

सोही क्रममा माघ १५ गते पनि देउडा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

बाजुरा जिल्लाकी चर्चित महिला डेउडा गायिका तिर्था खत्री,  कालिकोटकी कमला धामी, अछामकी पानसरा थापा, त्यस्तै पुरुष गायक बाँकेका खगेन्द्र न्यौपाने, हुम्लाका अजमल बुढा, कालिकोटका राम बहादुर बम, अछामकका रतन बुढा, दिपक रिमाल, कालिकोटका हरि बम लगाएत देउडा खेलमा सहभागि थिए ।

उक्त कार्यक्रममा एक हजार बढि दर्शकको उपस्थिति रहेको थियो।
पवनराज उपाध्याय र खगेन्द्र न्यौपानेको सक्रियतामा देउडा कार्यक्रम हुँदै आएको छ ।

  • १६ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech