सहिद दिवसमा रक्तदान

असल शासन प्रतिनिधि

नेपालगन्ज/सहिद दिवसको अवसरमा भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले देश ब्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
देश व्यापी साझाँ कार्यक्रम अन्तरगत आयोजना गरिएको रक्तदान कार्यक्रम अन्तरगत बाँकेको नेपालगन्जमा रक्तदान गरिएको छ ।


बास नेपाल बाँके शाखा र बास स्वयम् सेवक समुहको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसायटी रक्त सञ्चार केन्द्रमा भएको रत्तदान कार्यक्रममा बासका पूर्ब केन्द्रीय अध्यक्ष मन भण्डारी, स्वयम् सेवक विभाग प्रमुख तपेन्द्र बहादुर मलाती, बासका जन सम्पर्क अधिकृत माधब कुमार कार्की, बास जनसम्पर्क विभाग प्रमुख कमल शाही, लेखा सहायक प्रदिप बोहरा, मिना घर्ती मगर, चन्द्रीका शाही, अरनीको थारु, अजय चौधरी, पार्वती मल्ल, साहिल बिक लगायतले रक्तदान गरेका थिए । बासले नेपालगन्जमा नियमित रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । रक्तदान कार्यक्रमको उद्घाटनका बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माको उपस्थिती रहेको थियो ।

 

  • १६ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech