टिकापुरमा भ्रष्टाचार बिरुद्ध हस्ताक्षर संकलन

असल शासन प्रतिनिधि

धनगढी- १६ माघ/ बागेश्वरी असल शासन (बास) नेपाल टिकापुर उप-शाखाले भ्रष्टाचार विरुद्ध हस्ताक्षर संकलन गरेको छ ।

भ्रष्टाचार विरुद्ध निरन्तर खबरदारी गर्दै आएको बास नेपाल टिकापुरले हस्ताक्षर संकलन गरेको हो ।

भ्रष्टाचारमुक्त समाज र राष्ट्र निर्माण हुनुपर्ने ठम्याईको साथ भ्रष्टाचार विरुद्ध हस्ताक्षर संकलन गरिएको उपशाखा अध्यक्ष कपिल बिष्टले बताए । उनले निर्माण गर्ने अधिकार पाएका जनप्रतिनिधि र राज्य संयन्त्र सञ्चालन गरिरहेका कर्मचारीहरु भ्रष्टाचारमा लिप्त हुँदा सहिदहरुको सपनामा आघात पुगेको बताए ।

बास नेपालले २०५७ सालदेखि निरन्तर भ्रष्टाचार विरुद्ध विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको र आज टिकापुरमा आयोजना गरिएको अध्यक्ष बिष्टले बताए ।

  1. उक्त अभियानमा जनप्रतिनिधि र सरकारी कर्मचारीहरुलाई समेत भ्रष्टाचार नगर्ने र नगराउने प्रतिबद्धता हस्ताक्षर संकलन गरेको थियो ।
    ‘भ्रष्टाचार विरुद्ध हामी एकजुट छौं’ भन्ने प्रतिबद्धता सहित सुरु गरिएको अभियानमा झण्डै ५०० भन्दा बढी कार्यालय प्रमुख, कर्मचारी, सेवाग्राही, नागरिक अभियान्ताहरुले हस्ताक्षर गरेका छन्  ।
    यस्तै सहिद दिवसको अवसरमा बास नेपालले देशभर विभिन्न कार्यक्रम गरि मनाएको छ ।

  • १६ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech