भेरी रकर्स र नेपालगन्ज मोडेल एकेडेमीको सहज जित

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सद्धाव अन्सारीले ९७ रनको योगदान गरेपछि नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा भेरी रकर्सको पुरुष टिमले सानदार जित हासिल गरेको छ । सोमबार मंगलप्रसाद उच्च माविको खे मैदानमा भेरी रकर्सले बाँके बारियर्सलाई १ सय ६२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । मंगलप्रसाद उच्च माविको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भेरी रकर्सले २० ओभरमा ३ विकेटको नोक्सानीमा २ सय ४६ रन जोडेको थियो ।

प्लेयर अफ द म्याच बन्न सफल भएका रकर्सका सद्धावले ४६ बलमा १३ चौका र ५ छक्का प्रहार गर्दै ९७ रन बनाएका थिए । सतक प्रहार गर्न ३ रन आवश्यक परेका बेला सद्धाव क्याट आउट भएका थिए । यसैगरी रकर्स लागि साहिल अन्सारीले ३५ रन, ओपनर साहिद अन्सारीले २९ रन, सद्धाम शेखले १८ र सम्सुद्धिन अन्सारीले १६ रन जोडेको थिए । बाँके बारियर्सका सजल पुन, सिद्धार्थ कश्यप र अविशेख गारुकले १–१ विकेट लिए ।

जवाफमा बाँके वारियर्सका खेलाडीले १३ ओभमा ८४ रन बनाएर अलआउट भएका थिए । वारियर्सका राजन कश्यपले सर्वाधिक २९ रन, इमरान जसगरले १८ रन बाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन् । रकर्सका रोशन कुमार साहु, साहिद अन्सारी र साहिब अन्सारीले २–२ विकेट लिएका छन् ।

प्लेयर अफ द म्याच सद्धावलाई नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ अध्यक्ष तरुण बज्राचार्यले पुरस्कृत गरेका थिए ।
यसैगरी महिला तर्फको खेलमा नेपालगन्ज मोडेल एकेडेमीले चन्द्रमेवालाल स्कुललाई सहजै १० विकेट पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको चन्द्रमेवालालले १४.४ ओभरमा १० विकेटको क्षतिमा ४० रन बनाएको थियो । कमजोर ब्याटिङ गरेको चन्द्रमेवालालका खेलाडीले ब्याटिङ गर्दा १४ रन मात्र जोडेका थिए । उनीहरुले २६ रन अतिरिक्त पाए । टोलीका लागि स्वतिका पाण्डेले बनाएको ६ रन नै व्यक्तिगत रुपमा खेलाडीले बनाएको धेरै रन थियो ।

वलिङ तर्फ प्लेयर अफ द म्याच बन्न सफल नेपालगन्ज मोडेलकी चमेली चौधरी र निरुपमा गिरीले २–२ विकेट लिए । जवाफमा नेपालगन्ज मोडेलले ३.२ ओभरमा विना विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । नेपालगन्ज मोडेलका लागि अविजित रहँदैं तृष्णा सिंहले २१ र शोभा शाहीले ८ रनको योगदान दिईन् । प्रतियोगिता अन्तर्गत मंगलबार पुरुष तर्फको खेलमा बिरता क्रिकेट क्लब र नेपालगन्ज च्याम्प्सले प्रतिस्र्पा गर्नेछन् । महिला तर्फ होलिल्यान्ड बाल शिक्षाबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए ।

बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुष तर्फ समुह ‘ए’ मा ज्योति स्पोर्टस एकेडेमी (ए), फालकोन स्पोर्टस क्लब, नेपालगन्ज थन्डर, थ्रीस्टार क्रिकेट क्लब, नेपालगन्ज मोडेल एकेडेमी र ज्योति स्पोर्टस एकेडेमी(बी), समुह ‘बी’ मा श्रीचन्द्र मेवालाल स्कुल, भेरी रकर्स, बाँके बारियर्स, जागुर स्पोर्टस क्लब, रनियापुर युवा क्लब रहेका छन् ।

समुह ‘सी’ मा मंगल प्रसाद स्कुल, मोर्डन पब्लिक स्कुल, अब्दुल्लाह लायन क्रिकेट क्लब, सेन्ट थोमस स्कुल, न्यु दर्पण युवा क्लब र समुह ‘डी’ मा नेपालगन्ज किङ, नेपालगन्ज–११ रकर्स, धारा मंगोलियन स्पोर्टस क्लब, बिरता क्रिकेट क्लब, नेपालगन्ज चाम्स र कोहलपुर स्पोर्टस एकेडेमी रहेको छ ।

यसैगरी महिला तर्फको समुह ‘ए’ मा नेपालगन्ज मोडेल एकेडेमी, त्रिभुवन स्कुल र श्री चन्द्र मेवालाल स्कुल तथा समुह ‘बी’ मा होलिल्यान्ड स्कुल, मंगल प्रसाद स्कुल र बाल विद्या स्कुल रहेका छन् ।

प्रतियोगिताको पुरुष तर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिला तर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिला तर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।

उत्साह र प्रतिस्पर्धात्मक भावनाको बीचमा, टूर्नामेंटले क्रिकेटको महिमा मात्र होइन तर रोमाञ्चक र मौकाको थप खुराक खोज्नेहरूका लागि https://ice-casino.dk/ सँग मनोरञ्जनको समानान्तर संसारको पनि प्रतिज्ञा गर्दछ।

  • २४ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech