मोडेल र न्यु डाँफे क्लब क्वाटरफाइनलमा प्रवेश

असल शासन प्रतिनिधि

नेपालगन्ज/ दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगितामा सोमबार मोडेल क्लब र न्यु डाँफे क्लबले जित हासिल गरेका छन् ।जितसँगै मोडेल क्लब र न्यु डाँफे क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

खजुरा गाउँपालिका वडा नम्बर १ मैटहवा मावि सैनिकको खेलको मैदानमा मोडेलले एफसी–११ बर्दियालाई २–१ ले पराजित गरेको छ ।
मोडेलका लागि मनु थापाले दुबै गोल गरेका थिए । उनले १७औं मिनेट र २३ औं मिनेटमा गोल गरेका थिए । एफसी–११का लागि मोहन विकले ४०औं मिनेटमा गोल गरेका थिए । यसैगरी अर्को खेलमा न्यु डाँफे क्लबले रारा जनचेतना युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

न्यु डाँफेका लागि सुदिप विकले २ गोल गरेका थिए । उनले खेलको ३६औं र ४६औं मिनेटमा गोल गरेका थिए । डाँफेका लागि मनिष थापा र सुनिल खड्काले १–१ गोल गरे । मनिषले ५८औं र सुनिलले ७०औं मिनेटमा गोल गर्न सफल भएका थिए । यता रारा जनचेतनाका लागि ललित रानामगरले ३४ औं र अशोक सारु मगरले ५५औं मिनेटमा गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा एसएसएफए दाङ र सहारा क्लब इन्डियाबिच प्रतिस्पर्धा हुनेछ । यसैगरी समुह (ए) बाट सेमिफाइनलमा प्रवेशका लागि खजुरा युनाइटेड र शान्ति स्पोर्टस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल माघ २९ गते हुनेछ । नकआउटको आधारमा भैरहेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ ।

मंगलबार मोडेल क्लवविरुद्ध एफसी–११ बर्दिया र न्यू डाँफे स्पोर्टस क्लवविरुद्ध रारा जनचेतना युवा क्लवका बीचमा हुनेछ ।

 

  • २४ माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech