दिदिवहिनीको प्रथम बार्षिकोत्सब भब्य

असल शासन प्रतिनिधि

नेपालगन्ज । दिदिबहिनी समाज बाँकेको प्रथम बार्षिकोत्सब भब्यताका साथ सम्पन्न भएको छ ।
महिलाहरुको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भई गैर सरकारी संस्थाको रुपमा कार्य गर्दै आएको संस्थाले माघ २५ गते पहिलो बार्षिकोत्सब मनाएको हो ।
दिदिवहिनी समाज बाँकेका अध्यक्ष रमा देबि शाहको अध्यक्षता तथा नेपालगन्ज उप महानगरपालिकाका निर्वतमान उप प्रमुख उमा थापा मगरको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सबमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि थापा मगरले दिदिवहिनी र आमाहरुको संयुक्त टिम साच्चिकै उदाहरणीय रहेको बताईन । संस्था स्थापनाको छोटो समयमा नै थुप्रै सामाजिक कार्य गरिसकेकोमा खुसी ब्यक्त गर्दै संस्थाले गर्ने हरेक कार्यमा साथ र सहयोग रहने प्रतिबद्धता गरिन् ।

कार्यक्रममा बोल्दै अतिथि तथा गैसस महासँघ बाँकेका अध्यक्ष नमस्कार शाहले महिलाहरुको नेतृत्वमा महिलाहरु नै मिलेर सामाजिक कार्यको भावले संस्था दर्ता गरि सामाजिक कार्य गर्नु अनुसरणीय रहेको बताए । यसैगरी कार्यक्रममा बोल्दै बासका कार्यबाहक अध्यक्ष शिब कुमार बर्माले महिलाहरुले नेतृत्व गरेका महिला संस्था निकै न्यून भएको अवस्थामा दिदिवहिनी समाज दर्ता भएर कार्य गर्नु उदाहरणीय रहेको बताए । उनले समाजका हरेक क्रियाकलापमा बासले सदैब सहकार्य गर्ने प्रतिबद्धता गर्दै बार्षिकोत्सबको सफलताको शुभकामना ब्यक्त गरे । कार्यक्रममा गैरसरकारी संस्था महासँघ बाँकेका अध्यक्ष नमस्कार शाह, दिदिवहिनी समाजका सल्लाहकार किरण आचार्य, फेडोका अध्यक्ष निर्मला सुनार, डेक नेपालका अध्यक्ष हरिकला थापा, फातिमा फाउण्डेसनका मैमुना सिद्धिकी, निल सागर सेवाश्रमका अध्यक्ष सरिता खनाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा बोल्ने अतिथिहरुले सामाजिक क्षेत्रमा महिलाहरुको सख्या न्यून रहेकोमा महिला ले नै नेतृत्व गरेको र सहभागि रहेको संस्थाले कार्य गर्नु प्रशंसनिय रहेको बताएका थिए । दिदिवहिनी समाजका उपाध्यक्ष दिला शाहले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाका सचिब लुना बुढाथोकीले गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष दिला शाहले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिबेदन छलफल पश्चात अनुमोदन गरेको छ ।

  • २६ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech